×

थपिए ८३६ कोरोना संक्रमित, ४ को मृत्यु

images

काठमाडौ‌ नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २६० जनाको पीसीआर परीक्षणमा ४९१ र २ हजार ३९४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १८२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब १ प्रतिशत रहेको छ ।

 

शनिबार २९ माघ २०७८ ०४:१९ PM मा प्रकाशित

प्रतिक्रिया