×

अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको छ : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो दुई महिनायता अर्थतन्त्रमा सुधार देखिएको बताएका छन्।

आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘नेपाली अर्थतन्त्रको अबको बाटो’ विषयक सम्मेलन तथा अवार्ड कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो दुई महिनायता अर्थतन्त्रमा सुधार देखिएको बताएका हुन्।

उनले भने, ‘गत वर्ष श्रीलंकाजस्तो बन्छौं भन्ने आतंक थियो। तर, पछिल्लो दुई महिनायता हेर्ने हो भने अर्थतन्त्रमा सकारात्मक सुधार संकेत देखिएको छ। तर स्थायी प्रकृतिको छैन।’

आइतबार​ २९ माघ २०७९ १०:२१ PM मा प्रकाशित

प्रतिक्रिया