×

गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

images

काठमाडौं। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिएसँगै सत्ता गठबन्धन मन्त्रिपरिषद् विस्तारमा लागेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालयको जिम्मेवारी दिनेबारे एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच छलफल हुने जनाइएको छ ।

प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए ।

बिहीबार २८ पुस २०७९ ०७:४२ AM मा प्रकाशित

प्रतिक्रिया