×

समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा सोमबार- निर्वाचन आयोग

images

काठमाडौं । निर्वाचन आयोगले भोली सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगको तयारी रहेको छ ।

निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसद्को नामावलीबारे छानविन सुरु भएको र प्राप्त नामावलीमा क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई पत्राचार गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले समानुपातिकतर्फबाट सांसद भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने जनाएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा (एमाले)ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए।

आइतबार​ २५ मंसिर २०७९ ०९:०७ AM मा प्रकाशित

प्रतिक्रिया