×

ज्ञवालीलाई चुनौती

images

गुल्मीैं । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिए ।

क्षेत्र नं १ प्रदेशसभा (क) मा ५७ हजार पाँच सय ७९ र प्रदेशसभा (ख) मा ६१ हजार सात सय नौ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तीनमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र दुईमा एमाले विजयी भएको थियो ।

रेसुङ्गाको प्रमुख र उपप्रमुख, गुल्मी दरबारको अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकीको अध्यक्ष र चन्द्रकोटको उपाध्यक्ष कांग्रेसले जितेको थियो । छत्रकोटको अध्यक्ष र उपाध्यक्ष, सत्यवतीको अध्यक्ष र उपाध्यक्ष तथा रुरुक्षेत्रको उपाध्यक्षमा एमाले विजयी भएको थियो । रुरु क्षेत्रको अध्यक्ष, चन्द्रकोटको अध्यक्ष र कालीगण्डकीको उपाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।

यहाँ ५० वडा छन् । तेइस वडाध्यक्षमा एमाले, २२ मा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयी भएको थियो । राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक एकवटामा विजयी भएका थिए । सत्ता गठबन्धनका २७ रनेकपा एमालेका २३ छन् ।

यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतको आधारमा कांग्रेससहितको गठबन्धनको ३८ हजार सात सय ६२ मत छ । एमालेसहितको गठबन्धनको ३५ हजार आठ सय ८५ छ । जसमा एमालेभन्दा कांग्रेस गठबन्धन दुई हजार आठ सय ७७मतले अगाडि छ ।

यहाँ मुख्य कांग्रेसका डा चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ । वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेसका भण्डारीलाई निकै सहज छ ।

ठूलो दल कांग्रेसबाट भण्डारी उम्मेदवार रहेकाले माओवादी, एकीकृत समाजवादी र जनमोर्चाले भण्डारीकै पक्षमा मत खसाल्न सहज छ तर एमालेले जित निकाल्नका लागि सत्तारुढ गठबन्धनको मत तान्न सक्नुपर्छ । जुन सम्भव नहुन पनि सक्छ ।

अघिल्लो पटकको सङ्घीय निर्वाचनमा माओवादीको साथ पाएर सहज जित निकालेका ज्ञवालीलाई अहिले माओवादी–कांग्रेससँगै रहेकाले अझ बढी चुनौती रहेको आजको नागरिक दैनिकमा खवर छ ।

शुक्रबार​ २५ कात्तिक २०७९ ०८:१९ AM मा प्रकाशित

प्रतिक्रिया