×

सरकारकै कारण देशमा असाधारण परिस्थिति बन्दै गएको छ- माओवादी केन्द्र

images

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । प्रवक्ता सापकोटाका आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सफलता हासिल गर्ने योजना र कार्ययोजना पनि बनाइएको छ । साथै जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय समेत भएको प्रवक्ता सापकोटाले जानकारी दिए । 

यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको उनले बताए । उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ । साथै सापकोटाले सरकारकै कारण देशमा असाधारण परिस्थिति बन्दै गएको बताए । 

‘राम्रो काम गर्ने मानिसहरूलाई सरकारले हटाइरहेको छ । यसले गर्दा देशमा असाधारण परिस्थिति बन्दैछ’, सापकोटाले भने, ‘यस्तो अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ ।’नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अफ्ठ्यारोमा पार्ने र हटाउने समेतको प्रयास गरिरहेको भनिएका बेला माओवादीले यस्तो बताएको हो ।

उनले संविधान संशोधनको कुरा गरेर कांग्रेस र एमाले सत्तामा गएको तर अहिले फेरि उक्त विषय सेलाएको बताए । उनले संविधान संशोधन गर्ने भए अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए । 

साथै माओवादीले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने पनि बताएको छ । त्यो निर्वाचन प्रणालीमा गएपछि मात्र अहिले देखिएका विकृति र विसंगतिको अन्त्यका साथै राजनीतिक अस्थिरता पनि हट्ने उसको भनाइ छ । 

‘निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक र मन्त्रीहरू विज्ञलाई बनाउनुपर्छ भन्न जनमत बनाउनुपर्छ’, सापकोटाको भनाइ छ । साथै माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ । 

सोमबार २६ कात्तिक २०८१ ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया