×

श्रीमान् ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा !

images

बाँके। पैसाका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ ।

नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीश्रीमान् ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा !मती भएर बस्छन् । श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटाहरू बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन् । कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम लिन्छन् ।

केही दिनसम्म चलेको यो घटना प्रहरीकहाँ आइपुग्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । श्रीमती भनिएकी युवती त्यो श्रीमान् बनेकी युवतीलाई छोड्न चाहँदिनन् । घर परिवारका सदस्यले आएर सम्झाउँदासम्म उनीहरू छुटिन चाहेनन् । युवकको जस्तो छोटो कपाल काटेकी श्रीमान् भन्ने युवती विवाहित हुन् ।

श्रीमान् छोडेर बसेकी उनले युवतीहरूसँग दोस्ती गरेर यौन धन्दामा लगाउने गरेको पाइएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले एक कार्यक्रममा वेश्यावृत्तिको उदाहरण दिँदै यो घटना सार्वजनिक गरेका हुन् । एसपी अधिकारीका अनुसार, नेपालगञ्जमा वेश्यावृत्तिका अनेक रूप देखिन थालेको छ । लागुऔषधको समेत कुलतमा फसेका बालिका, किशोरी यौनधन्दामा पुगेका छन् ।

दुई दिनअघि राति ११ बजे नेपालगञ्ज बजारबाट केही किशोरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरू तेस्रो÷चौथोपटक प्रहरी कार्यालयमा आइपुगेको भेटिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

शुक्रबार​ २५ कात्तिक २०७९ ०८:४६ AM मा प्रकाशित

प्रतिक्रिया