×

नापी कार्यालय कलंकीका कार्यालय सहयोगी घुससहित पक्राउ

images

काठमाडौँ । काठमाडौंको कलंकी नापी कार्यालयका सहयोगी एकेन्द्र कुँवर घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिका-१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार घुस लिएको अवस्थामा नापी कार्यालय कलंकीको कार्यालय परिसरबाट सोमबार पक्राउ गरेको जनाएको छ । 

अख्तियारले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको २ मोबाइल, कार्यालयका सर्भेक्षकको एक मोबाइल पनि बरामद गरेको अख्तियारले जानकारी दिएको छ ।

 

सोमबार २७ साउन २०८२ ०७:२३ PM मा प्रकाशित

प्रतिक्रिया