×

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन- अखिल (क्रान्तिकारी) ले खाता खोल्यो, सुस्मिता श्रेष्ठ सभापतिमा निर्वाचित

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा खाता खोलेको छ । सिन्धुपाल्चोकको जुगल बहुमुखी क्याम्पस स्ववियू सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) की उम्मेदवार सुस्मिता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् । स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अखिलले अध्यक्षमा उम्मेदवारी नदिने सहमति गरेपछि श्रेष्ठ निर्वाचित भएकी हुन्। जसअनुसार उपसभापतिमा क्रान्तिकारीकै ललिता कुमाल, सचिवमा एमाले निकट अनेरास्ववियुकी मनिषा गिरी, सहसचिवमा कांग्रेस निकट नेविसंघकी निशा गिरी, कोषाध्यक्षमा पनि नेविसंघकै कञ्चन विक सर्वसम्मत भएको उनले बताए। 

यस्तै, ४ जना सदस्य क्रान्तिकारीले लिएको छ भने नेविसंघ र अनेरास्ववियुले १/१ जना भागवण्डा गरेका छन्। स्ववियु चुनावका लागि जुगल बहुमुखी क्याम्पसमा कांग्रेस, एमाले र माओवादीका तीन संगठनले दल दर्ता गराएका थिए।

मङ्गलबार २७ फागुन २०८१ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया