×

थप ७७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

images

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ। सोही अवधिमा कोरोनाबाट एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७९८१ नमूना परीक्षणमा ७७ जनामा संक्रमण देखिएको हो।

शुक्रबार थप १८२ जना कोरोनामुक्त भएका छन्। यो निको हुने दर ९८.२ प्रतिशत हो। हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५२१२ रहेको छ। यस्तै, पछिल्लो २४ घन्टामा १ लाख २६ हजार १९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

शुक्रबार​ २७ फागुन २०७८ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया