×

केपी ओली थापाथलीमा बोल्न थाल्नुभो

images

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी तीनै तहका चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी दोहोर्याउनु भएको छ ।

आज चुनाव लक्षित प्रशिक्षण तथा अभिमुखिकरण तालिमको पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल उद्दघाटन गर्दै उहाँले त्यस्तो दावी गर्नुभएको हो ।

सोक्रममा उहाँले अहिलेको सत्ता गठबन्धनलाई पराजित गरेर एमाले एक्लैले बहुमत ल्याउने बताउनुभयो । ‘आउँदो निर्वाचनमा हामी बहुमतले जित्छौं अरु के गर्लान् विचरा ! भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेशमा पनि हामी आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं । गठबन्धनसँगै लडेर बहुमत प्राप्त गर्नेछौं,’ उहाँले भन्नुभयो ।

स्थानीय तह निर्वाचनको मिति घोषणासँगै चुनाव तयारी केन्द्रित कार्यकर्ता प्रशिक्षण कार्यक्रम तय गर्ने निर्णय गरेको एमालेले आज कार्यक्रमको औपचारिक उद्दघाटन गरेको हो ।

कार्यक्रममा एमाले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेश सभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम् प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी छन् ।

 

शुक्रबार​ २८ माघ २०७८ ०२:५८ PM मा प्रकाशित

प्रतिक्रिया