काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदमा एमसीसी यथाशिघ्र टेबुल हुनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै महतले एमसीसीमा कसैको पनि असहमति नभएको भन्दै संसदमा सभामुखले टेबुल गर्नुपर्ने बताएका हुन् ।
महतले भने, ‘पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारकै पालामा एमसीसी संसदमा लैजाने सहमति भएको हो । यसमा कसैको असहमति छैन । कुनै पनि जिम्मेवार दल चुप लागेर बस्नु दुःखद हो ।’
प्रतिक्रिया