काठमाडौँ । कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।
माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए। घाइते भएका २ जनाको मृत्यु भएको छ भने अन्य ९ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया