×

अझै निर्वाचन नहुन सक्छ, हामी सजग हुनुपर्छ : ओली

images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन नगराउने प्रयास अहिले पनि जारी रहेको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममालाई आज पार्टी केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै उनले निर्वाचन नगराउने षडयन्त्र अझै पनि जारी रहेको बताए ।
 
“अझै पनि सजकतका साथ निर्वाचन निश्चित रुपमा गराउने र तोकिए अनुसार निर्वाचन गराउने कुरामा सजग हुन जरुरी छ । अहिले पनि सर्तक हुनुपर्छ निर्वाचन नगराउने षडयन्त्र हुन सक्छ,” उनले भने ।

अध्यक्ष ओलीले फागुनभित्र निर्वाचन नगरेर पर सार्ने र असंवैधानिक बाटोबाट राज्य सञ्चालन गर्ने प्रयासबाट भएकोभन्दै स्थानीय तहहरू जनप्रतिनिधिविहीन बनाउने प्रयास भएको बताए ।

 

शुक्रबार​ २८ माघ २०७८ ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया