×

निक्षेप सहज, पालो ब्याजदर कटौतीको

images

काठमाडौं । चालू आर्थिक वर्षको सुरुदेखि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी ९तरलता० अभावको समस्या सात महिना नहुँदै समाधान भएको छ । पछिल्लो दिनमा तरलता अभावको समस्या होइन, कर्जा लिने व्यक्तिको अभाव हुन थालेको छ ।

अहिले बैंकहरुका कर्जा माग्न जानेको संख्या निकै कम छ । कर्जाको चर्को ब्याजदरका कारण बैंकमा ऋण लिने मानिस कम आएको बैंकरहरु बताउँछन् ।

वर्षको सुरुका दिनमा बैंकिङ प्रणलीमा तरलता अभाव हुँदा बैंकहरुले ब्याजदर धेरै दिएर ग्राहकको निक्षेप तानिरहेका थिए ।

सोहीअनुरुप अहिले निक्षेप संकलनमा सुधार आएको छ । तर, कर्जाको ब्याजदर उच्च हुँदा कर्जा प्रवाह भने सुस्त देखिएको हो । कारोबार दैनिकबाट

बुधबार २७ पुस २०७९ ०८:५३ AM मा प्रकाशित

प्रतिक्रिया