सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी र नेकपा एमालेबीच आलोपालोको सहमति भएको छ । यसअघि सातदलीय गठबन्धनमा कर्णाली सरकारको नेतृत्व गर्न एकलौटी माओवादीलाई दिने सहमति भएको थियो ।
सत्ता गठबन्धनमा भयको भागबण्डा अनुसार कर्णाली प्रदेशमा ५ वर्ष नै माओवादीको मुख्यमन्त्री हुने सहमति छ । अब कर्णालीमा सुरूमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन् ।
देश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन् । माओवादी केन्द्रका नेताहरूका अनुसार एमालेसँग संवाद गरेर सहमित जुटाइ निर्धारित समयभित्रै दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छन् ।
प्रतिक्रिया