×

फरार एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

images

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन्।

प्रहरीको फरार सूचिमा रहेका महतो हिजो संसद् बैठकमा उपस्थित् भएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए ।

महतो संसद् भवनमा उपस्थित भएको र त्यहाँ गृहमन्त्री लामिछाने पनि रहेकोले मिडियामा उनको आलोचना भैरहेको थियो ।

आज राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेले महतोलाई पक्राउ गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताए । गृहमन्त्री लामिछानेले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको स्पष्ट पारे ।

बुधबार २७ पुस २०७९ ०८:१९ PM मा प्रकाशित

प्रतिक्रिया