×

फाइनलमा पाकिस्तानको प्रतिद्वन्द्वी इंग्ल्यान्ड

images

एडिलेड । ट्वान्टी ट्वान्टी विश्वकपको फाइनल पाकिस्तान र इंग्ल्यान्डबीच हुने भएको छ । इंग्ल्यान्डले बुधबार भएको दोस्रो सेमिफाइनलमा भारतमाथि एकपक्षीय १० विकेटको जित निकालेको हो । हारले ट्वान्टी ट्वान्टी क्रिकेटको नम्बर १ टिम भारतको प्रतियोगिता चुनौती सकिएको छ ।
यसले पाकिस्तान र भारतबीचको स्वपनिल फाइनलको सम्भावना पनि टुंगेको छ  ।

सन् २०१० को च्याम्पियन इंग्ल्यान्ड ट्वान्टी ट्वान्टी विश्वकपको फाइनल पुगेको यो तेस्रो पल्ट हो । पहिले ब्याटिङ गरेको भारतले १ सय ६८ रन बनाएको थियो । उसका लागि विराट कोहलीले ४० बलमा ५० रन बनाए भने हार्दिक पान्ड्याले ३३ बलमा ६३ रन बनाए ।

जवाफमा इंग्ल्यान्डले विना कुनै विकेटको क्षति १६ ओभरमा १ सय ७० रन बनाएको थियो । उसका लागि जस बटलरले ४९ बलको सामना ८० गरेर रन बनाए । उनले नौ चौका र तीन छक्का प्रहार गरे । यस्तै एलेक्स हेल्सले ४७ बलमा ८६ रन बनाए । उनल चार चौका र सात छक्का प्रहार गरे । 
 

बिहीबार २४ कात्तिक २०७९ १०:२५ PM मा प्रकाशित

प्रतिक्रिया