×

टी-ट्वान्टी विश्वकप- आज भारत र इंग्ल्यान्ड भिड्दै

images

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज दोस्रो सेमिफाइनल खेलमा  भारत र इंग्ल्यान्डआमने सामने हुँदैछन् । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । पहिलो संस्करणको उपाधि जितेको भारत दोस्रो उपाधिको नजिक पुग्न चाहन्छ । भारतले सन् २००७ मा विश्वकपको उपाधि जितेको थियो ।

भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो । आजको खेलमा जित निकाल्दै भारत तेस्रो पटक फाइनलमा पुग्ने योजनामा छ । यता एक पटकको विजेता इङ्ग्ल्यान्ड पनि दोस्रो उपाधिको नजिक पुग्ने योजनामा छ । इङ्ल्यान्डले सन् २०१० को तेस्रो संस्करणको टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो । इङ्ल्यान्ड २०१६ को विश्वकपमा फाइनल पुगेको थियो ।

भारत र इङ्ल्यान्डबीच टी–ट्वान्टी अन्तराष्ट्रियमा हालसम्म २२ खेल हुँदा भारत १२ र इङ्ग्ल्यान्ड १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भने भारत हाबी भएको छ । भारत चार खेलमा विजयी हुँदा एक खेलमा इङ्ग्ल्यान्ड विजयी भएको छ । विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

 
 

बिहीबार २४ कात्तिक २०७९ ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया