×

माओवादी केन्द्र स्थायी समिति बैठक- बङ्गलादेशमा भएको राजनीतिक घटनाक्रमको विश्वभर र नेपालमा पर्ने प्रभाव र असरका बारेमा चर्चा

images

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेको माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकको प्रारम्भमा अध्यक्ष दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरुबीच भएको सहमतिबारे जानकारी गराएको थियो । उनले हालै बङ्गलादेशमा भएको राजनीतिक घटनाक्रमको विश्वभर र नेपालमा पर्ने प्रभाव र असरका बारेमा चर्चा गरेको प्रवक्ता सापकाटोले बताए । “लोकतान्त्रिक अभ्यासप्रति सबै सजग र सचेत हुनुपर्ने चर्चा गर्दै बङ्गलादेशको घटनाबाट सबैले शिक्षा लिनुपर्ने, जनताको समस्यालाई गम्भीररुपमा लिएर समाधानतर्फ लाग्नुपर्छ भन्नेमा जोड दिनुभयो”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनले भने ।

बैठकमा अध्यक्ष दाहालले आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढाएका काममा अवरोध भइरहेको आशङ्का व्यक्त गर्दै सुशासनको अभियानलाई अझ दृढताका साथ अघि बढाउन वर्तमान सरकारलाई सचेत गराउनुपर्नेमा जोड दिएको थियो । स्थायी समिति बैठकमा आजदेखि सदस्यहरुले वैचारिक, राजनीतिक र साङ्गठिनक परिस्थति तथा कार्यभारका सम्बन्धमा धारणा व्यक्त गर्नेछन् । बैठकले प्राकृतिक विपद्, सडक तथा विमान दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । 

हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवं प्रवक्ता सापकोटाले जानकारी दिए । बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । 

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष  ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए । साथै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबिच भएको सहमतिबारे जानकारी गराएका थिए । 

शनिबार २६ साउन २०८१ ०९:२६ AM मा प्रकाशित

प्रतिक्रिया