×

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको लिइन् शपथ

images

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

बुधबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरेलाई शपथ खुवाएका हुन् । घिमिरे बुधबार नै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 
 

राष्ट्रियसभाको आज बुधबारको बैठकमा उपाध्यक्ष पदको मत विभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

उक्त मत विभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएका थिए। एमालेका सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गरे । यस्तै उक्त प्रस्तावकाृ विपक्षमा १६ मत परेको थियो । उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो । राष्ट्रियसभाको अर्को बैठक चैत ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ ।

बुधबार २८ चैत २०८० ०६:५१ PM मा प्रकाशित

प्रतिक्रिया