×

प्रधानमन्त्री देउवा पुगे पर्सा

images

पर्सा । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पर्सा पुगेको छन् । पर्सा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहका लागि देउवा पर्सा पुगेका हुन् ।  फागुन २० गते भएको जिल्ला अधिवेशनबाट जनार्दनसिंह क्षेत्री सभापतिमा निर्वाचित भएका थिए ।

यस्तै उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका थिए भने सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका थिए । सह–सचिवमा नविन सिंह  र मदन राउत अहिर निर्वाचित भएका थिए । देउवाले आज एक कार्यक्रमका बीच पर्सा नै पुगेर उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

 

बिहीबार २६ फागुन २०७८ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया