×

नेकपा एमालेले पार्टी नियमावली र जनसंगठन समन्वय सम्बन्धि निर्देशका जारी

images

काठमाडौँ : नेकपा एमालेले पार्टी नियमावली चौथो संशोधन र जनसंगठन समन्वय सम्बन्धि निर्देशका २०७८ जारी  गरेको छ । संशोधित पार्टी नियमावलीमा यसअघि गरिएको पार्टी विभागहरुको आकार बढाइएको छ ।

images

वैदेशिक रोजगार सुधारको अभियानबाट पछि हट्दिनः श्रममन्त्री कृष्णकुमार श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिवद्धता जनाएका छन् । श्रम, रो...


नियमावलीको चौथो संशोधनले एमालेका ३३ विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित २५ सदस्यबाट बढाएर ३५ सदस्य रहने बनाएको छ । त्यस्तै विभागका सचिव यसअघि सदस्यहरुबाट छानिने व्यवस्था गरेको एमालेले अब भने केन्द्रीय कमिटी बाटै मनोनयन गर्ने व्यवस्था गरेको छ ।


संशोधित नियमावलीमा पार्टी सदस्यता शूल्क मासिक १५ रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी नियमावलीमा सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानु परेमा अध्यक्षलाई जानकारी दिनुपर्ने व्यवस्था थपेको छ ।


एमालेले अन्य वैकल्पिक स्रोत नभएका र पूर्णकालिन रुपमा पार्टीको राजनीतिक तथा प्रशासनिक कार्यमा संलग्न पदाधिकारी, सदस्य कार्यलय सचिव र कर्मचारीलाई सम्बन्धित कमिटीले निर्धारण गरे बमोजिमको पारिश्रमिक र सुविधा दिने व्यवस्था पनि गरेको छ ।


त्यस्तै पार्टीले तोकेको काममा जाने कुनै पनि नेता कार्यकर्ताको खर्च सम्बन्धित कमिटीले नै व्यहोर्ने व्यवस्था गरेको छ । एमालेको विधानको धारा ८७ मा पारिश्रमिक र खर्चबारे उल्लेख छ । त्यसैगरी एमालेले पार्टीको औपचारिक कार्यक्रममा पार्टी र राष्ट्रिय झण्डा अनिवार्य राख्ने व्यवस्था गर्नुका साथै राष्टिय गान र शहीदप्रति श्रद्धाञ्जली अनिवार्य गरेको छ ।

बिहीबार २७ माघ २०७८ ०४:२५ PM मा प्रकाशित

प्रतिक्रिया