काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विवेकशील साझाको महाधिवेशन सफलताको कामना गरेका छन् । काठमाडौँमा सुरु हुन लागेको विवेकशील साझाको महाधिवेशनलाई शुभकामना दिने क्रममा उनले ‘मार्ग परिवर्तन’ले पार्टीका समस्यालाई थप जटिल बनाए पनि संयमतापूर्वक पार्टीलाई सम्हालेर अगाडि लैजान आग्रह गरे ।
सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै उनले भनेका छन्,‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । मेरो ’मार्ग परिवर्तन’ले पार्टीका समस्यालाई थप जटिल बनाए पनि, ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन ! विचार र संभावित परिणामबारेको विश्लेषणमा अन्तर भए पनि देश रूपान्तरणको हाम्रो नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु ।’
प्रतिक्रिया