×

कानून कार्यन्वयन भएको भए देउता मानेका नेता जेल हुन्थे- डा.चन्द्र भण्डारी

images

काठमाडौं । कांग्रेसका नेता तथा संसद डा. चन्द्र भण्डारीले नेपालको कानुनले सहि ढंगले काम गरेको भए देउता मानेका कयौं नेता जेलमा हुने दाबी गरेका छन् । 
काठमाडौंमा सुरु भएको विवेकशील साझा पार्टीको महाधिवेधनलाई शुभकामना दिने क्रममा उनले यस्तो भनेका हुन् । नेपाली राजनीतिमा एकता कायम नभएको र कानुनले काम बिर्सेको उनको भनाई छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘नेपालमा कानूनले काम गरेको भए हामीले देउता मानेकै नेताहरु जेलमा हुन्थे । नेताहरु गालिगलौजमा उत्रिए पनि हाम्रो सम्बन्ध अहिलेपनि उस्तै छ । हामी फरक पार्टीमा छौं । एकले अर्कोलाई केही भन्दा मन दुख्छ । तर हामीलाई यति विश्वास छ कि आफ्नो स्वार्थको लागि देह र जनतालाई दाउमा राख्दैनौं । यस्तो सम्बन्ध राजनीतिक दलमा हुनुपर्छ । ’

नेपाली राजनीतमा चुनौती धेरै रहेको हुँदा देश र जनताका लागि मञ्चमा उभिएर बोल्न सक्ने युवाको आवश्यकता रहेको उनले बताए । नेपाली राजनीतिमा पार्टी फरक भए पनि एकआपसको सम्बन्ध भने सधै सुमधुर हुनुपर्ने उनको भनाई छ । 

शुक्रबार​ २७ माघ २०७९ ०१:२८ PM मा प्रकाशित

प्रतिक्रिया