×

यो वर्ष १५ खर्ब ४६ अर्ब बजेट खर्च हुने अनुमान

images

अर्थमन्त्रालयले चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब २८ करोड बजेट खर्च हुने अनुमान गरेको छ। 

यो रकम कुल विनियोजन बजेटको करिब ९४.७ प्रतिशत हो।

स्थानीय तहको निर्वाचन खर्च, कोभिड १९ विरुद्ध खोप लगायत खर्च, रासायनिक मल खरिद, बेमौसमी वर्षाले धानबालीमा पारेको असरको क्ष्तिपूर्ति तथा ठूला आयोजनाको दायित्वलाई मध्यनजर गरी अनुमान गरिएको अर्थमन्त्रालयले बताएको छ।

जसमा चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड अर्थात विनियोजन बजेटको ९७.२ प्रतिशत खर्च गर्ने अनुमान अर्थमन्त्रालयको छ। 
पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड अर्थात विनियोजित बजेटको ९०.०१ प्रतिशत खर्च हुने अनुमान छ। त्यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ७० अर्ब ४९ करोड अर्थात् विनियोजित बजेटको ९० प्रतिशत खर्च गर्ने अनुमान छ।

यो वर्ष सरकारको स्रोतबाट(राजश्व र आन्तरिक ऋण) १२ खर्ब ६ अर्ब ४६ करोड खर्च हुने संसोधित अनुमान रहेको छ। 

बिहिबार मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले कानुनी जटिलता तथा संरचनागत क्षमताका कारण बजेट खर्चमा समस्या भएको बताए। ‘मैले ९० प्रतिशत बजेट खर्च गर्छु भनेको हो। यसका लागि राज्यको सम्पूर्ण शक्ति प्रयोग गर्छु,’ अर्थमन्त्री शर्माले भने। 

बिहीबार २७ माघ २०७८ ०४:३५ PM मा प्रकाशित

प्रतिक्रिया