×

पदका लागि बालुवाटार र बालकोट धाउने प्रवृत्ति बढ्यो- रमेश खरेल 

images

काठमाडौं । नेपाल सुशाशन पार्टीका अध्यक्ष रमेश खरेलले नेताहरु देश निर्मााणका लागि भन्दा पनि पद र प्रतिष्ठा प्राप्ति गर्न आपसमा खुट्टा तानातान गरिरहेको बताएका छन् ।  
काठमाडौंमा भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेधनलाई शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् । पद र प्रतिष्ठाको लागि राजनीतिक दलका नेता कहिले बालुवाटार त कहिले बालकोट धाउने प्रवृत्ति बढेको उनको भनाई छ । 

कार्यक्रममा उनले भने,‘पद र प्रतिष्ठाको लागि कहिले बालुवाटार त कहिले बलकोट धाउने प्रबृति बढेको छ  । नेताहरु ठेकदारले बनाएको मान्छे काँहा हात जोडेर जानु हुँदैन् । यो देश ‘सिन्डीकेट’ले चलेको छ । बालुवाटार, सिंहदरवारदेखि स्थानिय तहसम्म ‘सिन्डीकेट’ छ । यो देशमा मौका नपाएर ईमान्दार नभएका धेरै मान्छेहरु छन् । ’
देश र नेपाली राजनीति सन्डीकेटले चलेको भन्दै राष्ट्र निर्माणका लागि प्रत्येक व्यक्तिले ‘मार्ग परिवर्तन’ गर्न सक्नुपर्ने उनको भनाई छ । 
 

शुक्रबार​ २७ माघ २०७९ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया