×

संखुवासभामा हेलिकप्टर र पाइलट प्रहरीको नियन्त्रणमा

images

काठमाडौँ । सङ्खुवासभामा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले अल्टिच्युड एयरको हेलिकप्टर नियन्त्रणमा लिएको छ ।

अनुमति लिएको रूटअनुसार नचलाएर निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकप्‍टर र पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएको हो। सङ्खुवासभाको भोट खोला गाउँपालिकामा करिब १ घण्टा होल्ड गरेर सुरक्षा अधिकारीहरूले हेलिकप्टर काठमाडौँ तर्फ फिर्ता पठाएका छन् । 

अनुमति लिएको रुट भन्दा बाहिर गएको हुनाले कारवाहीका लागि गृह मन्त्रालयमा लेखेर पठाएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बताए । 

गृह मन्त्रालय स्रोतका अनुसार उनले खाँदबारीमा रोकेर भोटखोलाको हटिया लग्नुपर्ने थियो। तर उनले चेकिङ नगराइ सिधै भोटखोला लगेर ल्यान्ड गरेका थिए।

मङ्गलबार २६ पुस २०७९ १२:४६ PM मा प्रकाशित

प्रतिक्रिया