×

कृषि विकास बैंकद्वारा १३ प्रतिशत लाभांश घोषणा

images

कृषि विकास बैंक लिमिटेड ले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको संचालक समितिको पौष २६ गते बिहान ७:४५ बजे बसेको १०००औं बैठकले आर्थिक बर्ष २०७८/७९ मा कायम रहेको साधारण चुक्ता पूँजीको ११% नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) र २% बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

त्यसैगरी, बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत बार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने समेत निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ।

मङ्गलबार २६ पुस २०७९ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया