×

निलम्बित प्रधानन्यायाधीश जबरा आउन सक्ने भन्दै सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा, जबरा छिर्ने गेट बन्द

images

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको हो । सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

images

चोलेन्द्रको निलम्बन फुकुवाविरुद्धको रिट संवैधानिक इजलासमा, आजै सुनुवाइ

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश  चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावि भएको संसद सचिवालयका महासचिव भरत गौतमको पत्र...

निलम्बित प्रधानन्यायाधीश  जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित छन। 
संघीय संसद् सचिवालयका महासचिव गौतमलाई ‘प्रभाव’ मा पारी जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव ‘निष्क्रिय’ भएको पत्र लिएपछि उनले आफू सर्वोच्च फर्किन लागेको बुधबार जानकारी दिएका थिए। जसकारण सर्वोच्च परिसरमा तनावको स्थिति उत्पन्न भएको छ।

बुधबार दिनभरजसो सर्वोच्च परिसरमा कानुन व्यवसायी आन्दोलित बनेका थिए। नेपाल बार एसोसियसनले विरोध जनाएको छ। संघीय संसद् सचिवालयको पत्रबारे सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । आज रिटमा सुनुवाइ हुँदैछ। सोही कारण सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको हो।

सर्वोच्चभित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ छन्। सर्वोच्चभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ।

आगन्तकुहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ। नेपाल बारको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ। त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ छन्। राणालाई आज पनि सर्वोच्च छिर्न नदिन गेटमा अवरोधका लागि उनीहरू यतिखेर भेला भइरहेका छन् । बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्न पोखरामा हुने मानवअधिकार सम्मेलनको पूर्वनिर्धारित कार्यक्रम रोकेको छ । 

शुक्रबार​ २३ मंसिर २०७९ १२:०३ PM मा प्रकाशित

प्रतिक्रिया