काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आइतबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी परिक्षा नियन्त्रण कार्यालयले दिएको छ । बोर्डले पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।
गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएकोमा ७६ हजार ३६७ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् र ४ जनाको परीक्षाफल रद्द गरिएको छ ।
गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।
बोर्डले नतिजा बोर्डको वेभसाइट www.neb.gov.np वा नेपाल टेलिकमको वेभसाइट www.neb.ntc.net.np वा १६०० मा एसएमएस गरेर प्राप्त गर्न सकिने जानकारी दिएको छ ।
प्रतिक्रिया