×

पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

images

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । सिड्नीमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनायो । न्युजिल्यान्डका लागि डेरी मिचेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए । त्यस्तै कप्तान केन विलियमसनले ४६ रन बनाउँदा डेभोन कनवेले २१ रन जोडे ।

पाकिस्तानका लागि साहिन शा अफ्रिदीले दुई विकेट लिए । त्यस्तै मोहमद नवाजले एक विकेट लिए । 

बुधबार २३ कात्तिक २०७९ ०५:२२ PM मा प्रकाशित

प्रतिक्रिया