×

नेप्से परिसूचक निरन्तर ओरालो यात्रा कायमै

images

नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेको छ। गत सोमबारदेखि ओरालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ।

पछिल्ला दुई कारोबार दिनमा सामान्य अंक घटेको नेप्से, यस दिन भने उच्च अंकले घटेको छ। यस दिन नेप्से परिसूचक २ प्रतिशत अर्थात ३९.१५ अ.क घटेर १९१७.२२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ इण्डेक्स २.७९ अंक घटेको छ।

सेयर परिसूचक उच्च अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ । यीमध्ये जीवन बीमा समूहमा १९९ अंकको गिरावट आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा १४४ अंकको गिरावट आउँदा उत्पादनमूलक समूह १३६, लघुवित्त समूहमा ११९ र विकास बैंक समूहमा ११० को गिरावट आएको छ ।

यता वित्त समूह ७७ अंकले घट्दा जलविद्युत समूहमा ५३ अंकको गिरावट आएको छ । यस्तै, बैंक, व्यापार, होटल र टुरिजम, अन्य, म्यूचुअल फण्ड र लगानी समूहमा समेत गिरावट आएको छ । सेयर बजार उच्च अंकले घटेको दिन अप्पर हेवाखोला जलविद्युत आयोजनाको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ ।

यो कम्पनीको सेयर मूल्यमा ७ प्रतिशतको वृद्धि आएको छ । यससँगै, प्रति कित्ता २७ रुपैयाँले बढेर सेयर मूल्य ३९१ रुपैयाँ पुगेको छ । यस्तै, आज एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ८ प्रतिशतले घटेको छ । यससँगै, प्रतिकित्ता २६ रुपैयाँले घटेर कम्पनीको सेयर मूल्य ३०१ रूपैयाँ पुगेको छ । 

१३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३.१८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार २३ कात्तिक २०७९ ०४:३७ PM मा प्रकाशित

प्रतिक्रिया