×

माओवादीले तोक्यो नेताहरूको वरीयता 

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले, पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटा र उपमहासचिव पम्फा भुसाललाई उपाध्यक्ष बनाएको महाधिवेशन भएको लामो समयपछि वरीयतालाई पुर्णता दिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

माघ १२–२१ गते सम्म बसेको स्थायी समिति बैठकको निर्णयकै आधारमा पहिलेकै वरीयतालाई यसपाली पनि निरन्तरता दिएर सूची तयार पारिएको उनले बताए। पार्टीमा अध्यक्ष पुषपकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन्।

तीन उपाध्यक्षहरुमा कृष्णबहादुर महरा पहिलो, सापकोटा दोस्रो र भुसाल तेस्रो वरियतामा छन् भने महासचिव देवप्रसाद गुरुङ छ चौथो वरीयतामा छन् । उपमहासचिवको वरियतामा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव अन्तिममा छन् । त्यस्तै ४५ सदस्यीय स्थायी समिति सदस्यहरुको समेत वरीयता निर्धारण गरिएको छ ।

बिहीबार २६ माघ २०७९ ०३:११ PM मा प्रकाशित

प्रतिक्रिया