×

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

images

 काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहिबार नेप्से परिसूचक १२.४३ अंकले बढेर २१८२.६१ बिन्दुमा रोकिएको हो । कारोबार रकम भने २ अर्ब ६ करोड २० लाख ५९ हजारमा सीमित भएको छ । अपि पावरको सर्वाधिक ५ करोड ८६ लाख ५५ हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार र ङ्यादी ग्रुप पावरको ५ करोड ३३ लाख ७ हजारको कारोबार भएको छ ।

बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेको हो । बिहीबार विकास बैंक उपसूचक सर्वाधिक १.४६ प्रतिशत र हाइड्रोपावर उपसूचक १ प्रतिशतले वृद्धि भएको छ ।

बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १५२ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ भने ५८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६ कम्पनीको सेयरमूल्यमा भने स्थिर छ । जसमध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै विजय लघुवित्तको सेयरमूल्य ५.९२ प्रतिशत र जोशी हाइड्रोपावरको सेयरमूल्य ५.६३ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.१६ प्रतिशतले गिरावट हुँदा आदर्श लघुवित्तको सेयरमूल्य ३.४९ प्रतिशत र विन नेपाल लघुवित्तको सेयरमूल्य २.६९ प्रतिशतले गिरावट भएको छ ।

बिहीबार २६ माघ २०७९ ०५:१० PM मा प्रकाशित

प्रतिक्रिया