×

कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौं : रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् ।उपप्रधानमन्त्री लामिछानेले आफ्नो दलले पाएको मत निराशा होइन, आशाको भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनी भएको बताए ।

कतिपयले यसलाई निराशाको मत भन्ने गरेको भन्दै उनले अघि भने, ‘म यसलाई निराशाको मत होइन, नेपाली जनताले दिनु भएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।’ उपप्रधानमन्त्री लामिछानेले सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै दुई ठूला दलका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएपछि काम गर्न आफूहरू सरकारमा गएको उल्लेख गरेका छन्।

'सरकारमा सहभागी हुने निर्णय गर्दा दुई ठूला दलका शीर्ष नेताका प्रतिबद्धताबाट हामी हौसिएका छौं,' उनले भने, 'दवाव र प्रभावमा नपरी काम गर्न प्रतिबद्ध र कटिबद्ध छौं।' आम नागरिकका अपेक्षा, माया र विश्वासका कारण आफूहरू संसदमा आइपुगेको उनले बताए। काम गर्ने क्रममा कहीँकतै गल्ती भएमा पदमा नबस्ने उनको भनाइ थियो।

'हामी कहीँकतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं,' उनले भने, 'यसमा सत्ता साझेदार दलहरू निर्धक्क रहनुहोला।' आफ्ना सांसदहरूबाट कुनै पनि किसिमको गल्ती नहुने उनले बताएका थिए। उपप्रधानमन्त्री लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उनले भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको बताए ।

‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ’ उनले भने । उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।

यसअघि भएका भ्रष्ट्राचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उनले बताए । उनले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताए ।

‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला’ उनले भने । जनताले जानेर नजानेर राम्रोसँग मत दिएको उनले बताए । नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएको उनले बताए ।  

सोमबार २५ पुस २०७९ ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया