काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ ।
सत्ता साझेदार दल राप्रपाले पुष २७ गते बिदा दिन माग गर्दै आएको थियो । यो निर्णयसँगै राप्रपाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने र सरकारमा सहभागिता जनाउने भएको छ । आजमात्रै सत्ता साझेदार दलले सरकारको लागि न्यूनतम साझा कार्यक्रम ल्याएका छन् ।
गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए । उनको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।
प्रतिक्रिया