×

प्रदेश १ सरकारमा नजाने माओवादीको निर्णय

images

विराटनगर । नेकपा (माओवादी केन्द्र) को प्रदेश १ संसदीय दलले मुख्यमन्त्रीमा आलोपालोको प्रतिबद्धता नआएसम्म सरकारमा नजाने निर्णय गरेको छ। संसद् सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्तो निर्णय गरेको माओवादी सांसद गणेश उप्रेतीले जानकारी दिए ।   सांसद  उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।

आलाेपालाेकाे निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने विषयमा पार्टीको केन्द्रलाई जानकारी पठाउने दलले निर्णयसमेत गरेको छ । प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका कार्की आइतबार नियुक्त भएका छन् । उनलाई आज दिउँसाे २ बजे शपथग्रहण गराउने तयारी छ । आजै उनले सानो आकारको मन्त्रीमण्डल निर्माण गर्ने तयारी गरेका छन् ।

सोमबार २५ पुस २०७९ ०१:५७ PM मा प्रकाशित

प्रतिक्रिया