×

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टिम उपविजेता, जित्यो झन्डै तीन करोड रुपैयाँ

images

काठमाडौं– पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टिम डिआलएस उपविजेता बनेकाे छ।  इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाली टोली दोस्रो हुन सफल भएको हो। नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ। 

 इन्डोनेसियामा भएको गेममा नेपाली टिम टर्कीको एसटूजीसँग पराजित भएकाे हाे । नेपाली टिम डीआरएसले २ लाख  २० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेकाे छ ।  यस्तै, अर्को नेपाली टिम टीटुकेले १३औं स्थान प्राप्त गर्दै १ लाख ३२ हजार ५०० अमेरिकी डलर जितेको छ। 

जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजित ३ दिने फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाईल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका १–१ टोली सहभागि थिए। 

सोमबार २५ पुस २०७९ १२:३२ PM मा प्रकाशित

प्रतिक्रिया