×

चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादीका पोलिटब्युरो सदस्य काफ्ले र रायलाई कारबाहीको सिफारिस

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत चुनावमा अन्तर्घात गरेको आरोपमा दुई पोलिटब्युरो सदस्यहरुलाई कारबाहीको सिफारिस गरेको छ । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पोलिटब्युरो सदस्यहरु अचुतम काफ्ले र रामेश्वर यादवलाई कारबाहीको सिफारिस गरेको हो ।

काफ्ले र रायले एमाले उम्मेदवारसँग मिलेमतो गरेर पार्टीका उम्मेदवार साहलाई हराउन भूमिका खेलेको पुष्टि भएपछि उनीहरलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटिका एक पदाधिकारीले जानकारी दिए। 

निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार साह एमालेका नेता हरि उप्रेतीसँग हारेका थिए। उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा कलवारले ३२ हजार १६८ मत ल्याएका थिए। माओवादी सर्लाहीका एक नेताका अनुसार साहले प्रतिनिधिसभा सदस्यको टिकट पाउँदा काफ्ले र राय रुष्ट थिए। सोही कारण उनीहरुले एमाले उम्मेदवार उप्रेतीसँग मिलेर साहलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ। 

‘काफ्ले र रायले पार्टी उम्मेदवारलाई पराजित गर्न गरेको षड्यन्त्रका केही प्रमाण पनि हामीले केन्द्रमा पठाएका छौँ,’ ती नेताले भने, ‘उनीहरुले अन्तर्घात नगरेको भए सर्लाही ३ मा पार्टीका उम्मेदवारले हार्ने थिएनन्।  काफ्ले माओवादी सर्लाही जिल्ला इन्चार्ज हुन् भने यादव पूर्व संघीय सांसद हुन् । यादवले साहलाई अन्तर्घात गरेको भन्दै सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गरेका छन् । 

बिहीबार २२ मंसिर २०७९ ०२:५० PM मा प्रकाशित

प्रतिक्रिया