×

पुनर्मिलन

images

             लघु कथा

‘सपना आज भाटभटेनी आइज है नौ बजे’
सीमाले फोन गरेर भनिन् ।
ल आउँछु भनेर फोन राखिन् ।
सपना साँढे नौ बजे सीमालाई भेट्न भाटभटेनी पुगिन ।
सीमाले सपना तिर हेर्दै केही बेरको किनमेल पछि खाजा खाउ ल भनिन् ।
‘मेरो बैभव लक्ष्मीको व्रत छ म खान्न ।’सपनाको प्रतिउत्तर ।
‘अहो तैंले पनि व्रत बसेकी कसका लागि ?’हाँसेर सीमाले सोधिन् ।
‘रबीन र मबिचको प्रेममा कसैको आँखा लाग्यो । मैले त्यो आँखा लगाउनेको सर्वनास होस भन्न चाहिन । तर मेरो र रबीनको पुनर्मिलन होस भनेर ब्रत बसेकी छु ।’ 
‘ म रबीनलाई धेरै माया र भरोसा गर्छु । रबीनले म बाहेक अरुलाई माया गर्न सजिलो छैन् । उस्को स्वभाव मलाई थाहा छ । मसंग विहे भएन भने उसले अरुसँग पनि गर्दैन् । दशवटा व्रत आज सकिन्छ । एघारौं व्रत म रबीनसँग बसेर समापन गर्न चाहान्छु । ’
सपनाको विश्वास देखेर छक्क परिन सीमा । मन भावमा बग्यो । प्रेम गरिएको विश्वासमा बग्यो । लाग्छ अविरल बग्ने इन्द्रावती जस्तै छ निश्छल छ यो प्रेम ।
 ‘यो कसरी हुन्छ त तिमीहरु छुट्टिएको तीन महिना भैसकेको छ ?’
भाटभटेनीमा सामान छान्दै सीमाले प्रश्न गरिन । 
जवाफ नदिई सपना एक्कासी दौडिन् । सपना पख भन्दै सीमा पछिपछि लागिन् ।
सपनाले रबीनको दुबै हात समाएको देखेर मनमनै सोचिन् ।
भगवानले जुराएको जोडीलाई मान्छेले छुटाएर छुट्छ ।
           

                                                    ममता मृदुल


 

बिहीबार २२ मंसिर २०७९ ११:०४ AM मा प्रकाशित

प्रतिक्रिया