×

एमाले उम्मेदवारलाई मत माग्दै हिँडेका गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त

images

काठमाडौं । गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका छन् । आचार्यलाई गोरखा २ मा सत्ता गठबन्धनका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विरूद्ध भोट मागेको आरोपमा बर्खास्त गरिएको मुख्यमन्त्री पोखरेलनिकट स्रोतले बताएको छ ।

निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै बर्खास्त गर्न लागिएको बतायिएको छ् । स्रोतका अनुसार आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेका छन् । 

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट मन्त्री बनेका आचार्य तत्कालीन नयाँ शक्ति पार्टीबाट २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट निर्वाचित भएका थिए। आचार्यले आसन्न निर्वाचनका लागि गठबन्धनविरूद्ध गोरखामा बागी उम्मेदवारी दर्ता गराएका थिए भने पछि फिर्ता लिएका थिए। मन्त्री आचार्यलाई हटाउन मुख्यमन्त्रीले गरेको सिफारिस प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट स्वीकृत भइसकेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

 

मङ्गलबार २२ कात्तिक २०७९ ०३:२७ PM मा प्रकाशित

प्रतिक्रिया