काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए ।
अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए संरचनाको खोजलाई २०औं शताब्दीको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धिहरू मध्ये एक मानिन्छ ।
उनले बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँग मिलेर १९५३ मा डीएनएको डबल-हेलिक्स संरचना पहिचान गरेका थिए । यसले आणविक जीवविज्ञानमा द्रुत प्रगतिको लागि मार्ग प्रशस्त गरेको थियो ।
प्रतिक्रिया