×

राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेको छन्- प्रचण्ड

images

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको अबको प्राथमिकता कर्णालीको विकास रहने बनाएका छन् । जुम्लामा भएको चुनावी सभामा उनले गठबन्धनको जीत सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताए ।

साथै प्रचण्डले’ विस्तृत शान्ति सम्झौताको अर्थ कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा छाप लगाउनु भएको बताउदै   जय नेपाल र लाल सलामको मित्रता लामो भएको बताए । उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले एकातिर लाल सलाम भन्नु भएको थियो, र मैले गिरिजाप्रसाद कोइरालालाई जय नेपाल भनेको थिए, त्यहीँबाट सुरु भएको थियो, जय नेपाल र लाल सलामको मित्रता ।’

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुको अर्थ गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसबाट हँसिया हथौडामा र आफूले माओवादीको तर्फबाट रुखमा छाप लगाउनुभएको भएको उल्लेख गर्दै उनले सोही कारणले नेपालमा युगान्तकारी युगको सुरुवात भएको बताए । विस्तृत शान्ति सम्झौता र संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिको महान् युग सुरु भएको दृष्टान्तलाई ख्यालमा राख्दै आगामी निर्वाचनमा रुख, हँसिया हथौडा र कलममा भोट हाल्न कुनै दुबिधामा नपर्न आग्रह गरे ।

प्रचण्डले सिंजा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले राज्यले सिंजा सम्वन्धी विशेष प्रतिष्ठान बनाएर काम गर्ने बताए । भने, ‘सिंजा सभ्यताको विकास र संरक्षणका लागि जुम्ला मात्रै होइन नेपालका लागि संरक्षण गर्न आवश्यक छ ।’

प्रचण्डले राप्रपाबाट जुम्लामा  प्रतिनिधिसभाका उम्मेदवार बनेका ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेको बताए । ‘राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेको छन्’, प्रचण्डले भने, ‘यस्ता सामन्तवादीहरुलाई जनताले शून्य बनाएर छोडिदिने छन् ।’

मङ्गलबार २२ कात्तिक २०७९ ०४:२६ PM मा प्रकाशित

प्रतिक्रिया