×

सगरमाथा चढ्न भन्दा कुसंस्कारसँग लड्न कठिन छ -- राज्यमन्त्री श्रीपालि

images


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले,  महिलाहरूलाई सगरमाथा चढ्न भन्दा पनि समाजको कुसँस्कारसँग लड्न कठिन भएको टिप्पणी गरेकी छिन् । 

बुधबार आठ हजार मिटर वा सो भन्दा माथिका हिमाल आरोहण गरेर कीर्तिमान कायम गर्न सफल महिला आरोहीहरूलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आज पनि पितृसत्तात्मक  सोच हाबी भएका कारण महिलालाई सगरमाथा चढ्न भन्दा पनि समाजको संस्कारसँग लड्न गाह्रो हुने गरेको बताएकी हुन् । 

उनले भनिन् ‘गाउँमा अझै पनि महिला र पुरुषबिच भेदभाव छ त्यसैले आज हामी जुन महिलाहरूको साहसको कुरा गछौं । कीर्तिमान र साहसको कुरा गछौं त्यो सजिलै प्राप्त गरेको छैन । अझै पनि समाज पितृसत्तात्मक छ  । महिलाहरूलाई सगरमाथा चढ्न बरु सजिलो भयो होला तर समाजको संस्कारसँग लड्नगाह्रो हुन्छ ।’

कार्यक्रममा आठ हजार मिटर वा सो भन्दा माथिका हिमाल आरोहण गरेर कीर्तिमान कायम गर्न सफल महिला आरोहीहरूलाई सम्मान गरिएको छ । 
 

बुधबार २४ फागुन २०७९ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया