काठमाडौं । सांसद प्रदिप पौडेलले केपी ओलीकोे प्रवृतिले संसद पाँचै वर्ष नटिक्ने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विचार’ गोष्ठीमा बोल्दै उनले केपी शर्मा ओलीको सम्बोधनले संसदमा ठूलो अहङ्कार प्रस्तुत गरेको आरोप लगाए ।
उनले ओली सरकारका पालामा कोभिडको समयमा समेत भ्रष्टाचार भएको आरोप लगाए । कोभिडको समयमा मास्कमा, स्वास्थ्य सामग्रीमा तथा विदेशमा अलपत्र परेका नेपाली नागरीक नेपाल फर्काउँने हवाई टिकटमा समेत भ्रष्टाचार भएको उनको आरोप छ।
‘‘अहिलेको पालिर्यमेन्ट पनि केपी ओलीको जस्तो प्रवितीले पाँचौ वर्ष नटिक्ने अवस्थामा पुग्छ की भन्ने मलाई डर लाग्छ नेपालको अस्थीरताको ठूलो कारक केपी आली प्रवृति हो ।’’
केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचार गरि नेपालको आर्थिक अवस्था खस्कीएको भन्दै २ तिहाईको समर्थन गरेको शक्तिशाली सरकार देशलाई केहि पनि दिन नसकेर र केपी ओलीको आफ्नै अहङकारले ढलेको उनको दाबी छ।
संसदमा मर्यादा पालन नगर्ने प्रवृति देखिएको भन्दै यस्तो संकृतिको विकासले लोकतन्त्रमाथि ठूलो खतरा उत्पन्न हुन्ने उनको भनाई छ ।
प्रतिक्रिया