×

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा छुट्टाछुट्टै ‘डस्टबिन’ राख्ने

images


काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा ‘डस्टबिन’ राख्ने भएको छ । सार्वजनिक स्थलका उपभोक्ताले फ्याक्ने गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न महानगरले १ हजार ९५० सेट ‘डस्टबिन’ राख्ने भएको हो ।

महानगरका अनुसार एउटा सेटमा २ वटा ‘डस्टबिन’ हुन्छन् । जसमा हरियो ‘डस्टबिन’ कुहिने र रातो ‘डस्टबिन’ नकुहिने फोहोरका लागि हो । नमूनाका रुपमा वडा नं. २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागिएको छ । घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा फ्याँकिने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागिएको हो ।

पहिलो खाले सेट सानो आकारको हो । यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १ दशमलव २ मिटर उचाइ, १ दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्यान्डमा बिन राखिनेछन् । यसमा राखिने स्ट्यान्डको मूल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मूल्य २ हजार ९५० रुपैयाँ हो । यस्ता बिन ३ सय सेट राखिनेछन् ।

मध्यम आकारका सेटमा १ दशमलव ३ मिटर चौडाइ र १ दशमलव ४ मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ । १२५ लिटर क्षमताका २ वटा बिन राखिने छन् । यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य ५ हजार ४५० रुपैयाँ र ‘डस्टबिन’को मुल्य ३ हजार ८९० रुपैयाँ रहेको महानगरले जनाएको छ । 

बिहीबार २५ माघ २०८० ०५:२२ PM मा प्रकाशित

प्रतिक्रिया