×

प्रतिनिधिसभाको बैठक स्थगित

images

काठमाडौँ– प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक स्थगित भएको छ । बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।

संसद सचिवालय विशेष कारणले बैठक स्थगित भएको जनाएको छ । भोलि दिउसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकअघि ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत तय भएको थियो ।

एमसीसी टेबुल गर्नको लागि सरकारले भोलि कार्यव्यवस्था परामर्श समितिमा प्रस्ताव लैजाने तयारी गरेको थियो । सरकारले एमसीसी अगाडि बढाउन खोजेपनि सभामुख सापकोटाले संसदको अवरोध हट्ने पर्ने र एमसीसीबारे दलहरुबीच सहमति हुनुपर्ने बताउदै  आएका थिए । आगामी बैठक फागुन २ गते सोमबार दिनको १ बजे बस्ने तय भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।

 

मङ्गलबार २५ माघ २०७८ ०९:१७ PM मा प्रकाशित

प्रतिक्रिया