×

राहदानी वितरणमा देखिएको समस्या समाधान भयो, पासपोर्ट लिन आउनू : राहदानी विभाग

images

काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा १७ पुसमा  देखिएको समस्याको समाधान भइसकेको जनाएको छ । विभागले आज सूचना निकालेर राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न भनेको छ ।

विद्युतीय पासपोर्टको प्रमाणिकरणमा पुस १७ गतेदेखि आएको समस्या समाधान भएसँगै सेवा सुचारु भएको छ । विभागले सूचना जारी गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

विभागका प्रवक्ता दुरपदा सापकोटाले एक विज्ञप्ति जारी गर्दै सेवामा आएको सुस्तता हाल समाधान भइसकेको जानकारी गराएका छन् । विभागमा सेवा अवरुद्ध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल समाधानका लागि निर्देशन पनि दिएका थिए ।

आइतबार​ २४ पुस २०७९ ०७:५९ PM मा प्रकाशित

प्रतिक्रिया