×

२० अंकले बढ्यो नेप्से , कारोबार रकम दुबै बढ्यो

images

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ०.९६ प्रतिशत अर्थात २०.५५ अंक बढेर २१६४.४८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक बढेको छ।

सेन्सेटिभ फ्लोट इण्डेक्स यस दिन ०.०५ अंक घटेको छ। तीव्र उतारचढावबीच साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आइतबार २५९ कम्पनीको एक करोड ४१ लाख ९८७८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ४५ करोड ९९ लाख २५ रुपयाँ पुगेको छ । आइतबार १३३ कम्पनीको सेयर मूल्य बढ्यो भने ७१ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

खप्तड लघुवित्त र बाराही हाइड्रा पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य ८ देखि ९ प्रतिशत हाराहारीले वृद्धि भयो । आइतबार दोस्रो बजारमा सबै भन्दा धेरै २१ करोड रुपैयाँ भन्दा बढीको हिमालयन डिष्टिलरीको सेयर कारोबार भयो । यस्तै १९ करोड ६८ लाख रुपैयाँ बराबरको शिवम् सिमेन्टको सेयर खरिद बिक्री हुँदा राधी पावरको १५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

आइतबार बुद्धभूमि हाइड्रो पावर, वीन नेपाल लघुवित्त र सृजनशिल लघुवित्त कम्पानीको सेयर मूल्य ४ प्रतिशत बढीले घट्नु पुग्यो । कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब २० करोडको शेयर कारोबार भएको छ भने रिडी पावरको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधकि ४.४३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशत घटेको छ।

आइतबार​ २४ पुस २०७९ ०४:२२ PM मा प्रकाशित

प्रतिक्रिया